दफा ४५
क्षतिपूर्ति नतिरे कैद हुने
: (१) क्षतिपूर्ति तिर्नु पर्ने कसूरदारले क्षतिपूर्ति तिर्नु पर्ने अवधिभित्र क्षतिपूर्तिको रकम नबुझाएमा त्यस्तो कसूरदारको सम्पत्ति जायजात गरी पीडितलाई क्षतिपूर्ति भराई दिनु पर्नेछ ।

(२) उपदफा (१) बमोजिम जायजात गर्दा क्षतिपूर्ति रकम असूल नभएमा वा क्षतिपूर्ति तिर्नु पर्ने कसूरदारले क्षतिपूर्ति नतिरेमा निजलाई एक दिनको तीन सय रुपैयाँको दरले क्षतिपूर्ति रकमलाई कैदमा परिणत गरी कैद गर्नु पर्नेछ ।

(३) यस ऐन र अन्य कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि उपदफा (२) बमोजिम कैद गर्दा चार वर्षभन्दा बढी कैद गर्नु हुँदैन ।